श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिवार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् ।

एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिहरूलाई स्ट्रेचरमा राखेको तस्बिरहरू प्रसारण गरेको छ ।

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिण पूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ भने लाखौँ मानिस सुरक्षित आवासविहीन भएका छन् ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले हप्ताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्, तर पछिल्ला केही दिनहरूमा उनीहरूको सङ्ख्या थोरैमा झरेको छ ।

टर्कीका उद्धारकर्ताले शुक्रवार १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

उद्धार गरिएकामध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकी व्यक्तिलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार