श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युक्रेन र पश्चिमा देशहरूले युद्ध सुरु गरे : पुटिन

डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिनुभएको छ । रुसको संसदमा सम्बोधन गर्दै उहाँले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गर्नुभएको हो । युद्धका कारण उहाँको सम्बोधन पटक–पटक पछि सारिँदै आएको थियो । पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी गर्नुभएको छ । झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको दाबी पनि गर्नुभयो ।

यसैबीच अमेरिका र रुसबीचको ‘न्यु स्टार्ट’ भनिने अस्त्र घटाउने सम्बन्धी एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनले घोषणा गर्नुभएको छ । अमेरिकाले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि त्यस्तो गर्न तयार रहनुपर्ने उहाँले बताउनुभयो ।

‘न्यु स्टार्ट’ रुस र अमेरिकाबीचको बाँकी रहेको अन्तिममध्येको पारमाणविक हतियारसम्बन्धी सम्झौता हो । सन् २०२१ मा यस सन्धिको समयसीमा पाँच वर्षका लागि थप गरिएको थियो । सन् २०१० मा हस्ताक्षर गरिएको उक्त सन्धिले दुवै पक्षलाई एक हजार ५५० वटा लामो दूरीमा प्रहार गर्ने पारमाणविक युद्धशीर्षमा सीमित गरिदिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार