कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका अतुलनीय : मुख्यमन्त्री शर्मा

जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ ।

उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘दिगो विकासमा सामुदायिक रेडियोको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्री शर्माले समाजमा रहेका गलत संस्कार र संस्कृति रूपान्तरणमा सञ्चार क्षेत्रले योगदान गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यमको सुरक्षा र वृत्ति विकासका लागि आफूले ध्यान दिएर काम गर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहीनहरूको साथी भएर किसान, मजदुर, महिलाहरूको पक्षमा काम गरिरहेको बताउनुभयो । भौतिक तथा मानवीय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविकोपार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुर्‍याउने माध्यम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्रमा जागरण पैदा गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोरयाव) अध्यक्ष अर्जुन गिरीले नेपालको सामाजिक तथा राजनैतिक परिवर्तनमा रेडियोहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सामुदायिक रेडियोहरूलाई नीतिगत रूपमै सहयोग गर्ने नीति लिन आवश्यक रहेको गिरीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार