श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

प्योङयाङद्धारा आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ ।

उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्दै रणनीतिक क्रुज मिसाइल प्रक्षेपण अभ्यास गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको छ ।

यो अभ्यासले उत्तर कोरियाका ‘शत्रु शक्तिविरुद्ध घातक आणविक प्रतिआक्रमण क्षमता’ प्रस्तुत गरेको उक्त समितिले टिप्पणी गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उक्त परीक्षणको विवरणमाथि प्रश्न गर्दै अमेरिका र दक्षिण कोरियाली निगरानीबाट प्राप्त विवरणबीचको  भिन्नता विश्लेषण भइरहेको जनाएको छ ।

हालको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइल प्रक्षेपणमा उत्तर कोरियामाथि कुनै प्रतिबन्ध छैन तर बिहीबारको अभ्यासले यो साता धेरै हतियार परीक्षण भएका छन् ।

उत्तर कोरियाको अन्तरमहादेशीय ‘ब्यालिस्टिक मिसाइल’ परीक्षणलाई उत्तेजना बढाउने कार्य भन्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले त्यसको निन्दा  गर्नुभएको थियो ।

प्योङयाङले आफ्नो आलोचना अनुचित एवम् असन्तुलित भएको टिप्पणी गर्दै सोल र वासिङ्टनको संयुक्त सैन्य अभ्यासको निन्दा गर्न राष्ट्रसङ्घलाई आह्वान गरेको छ ।

साथै प्योङयाङले आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको छ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ ।

प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ ।

आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा गरेको लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको भएको क्षेप्यास्त्रका जानकारहरूले बताएका थिए ।

अन्तरमहादेशीय प्रहार क्षमताको उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र जत्तिकै  लामो दूरीमा प्रहार गर्ने सामथ्र्यको हुनसक्ने उनीहरूको अनुमान छ  ।

सुरक्षा विश्लेषकहरूले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार