श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बेलायतका प्रधानमन्त्रीद्वारा युक्रेनलाई सहयोग गर्न जी-७ राष्ट्रहरूलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी-७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई  युक्रेनलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलाइतको समर्थन रहेको आशय व्यक्त गर्नु भएको छ ।

उहाँले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल  रुस विरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री सुनकले यसअघि बेलाइतको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीसँग लामो दूरीका हतियार समर्थन गर्ने बारे उल्लेख गर्नु भएको थियो ।

प्रधानमन्त्री सुनक रुस विरुद्धको लडाइँमा सबै युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान ११ बजे (स्थानीय समय) डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल हुनुहुनेछ ।

सो अवसरमा प्रधानमन्त्री सुनक र बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्यहरू र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिहरूलाई सहभागी हुनेछन् ।

प्रेस विज्ञप्तिमा ऋषि सुनकले उल्लेख गर्नु भएको छ  “हाम्रो महादेशमा युद्ध शुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु । युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक लड्दै आफ्नो देशको रक्षार्थ लडेका छन्।

यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ। म आज डाउनिङ स्ट्रिट बाहिर बहादुर युक्रेनी सैनिकहरूको साथमा उभिएकामा मेरा विचारहरू ती सबैसँग ऐक्यबद्ध हुनेछन् ।” एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार