श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वन्यजन्तु अपराधमा नब्बे हजार पक्राउ

वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान  गरेको छ भने सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको हो ।

बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु बरामद भएका सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै एक सय ५० मुद्दा निरुपण गरिएको जानकारी उनले दिए । यो “वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न दुई वर्षअघि देशव्यापीरूपमा थालिएको अभियानको परिणामको हो,” उनले सञ्चारकर्मी माझ भने ।

अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनीरूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ । रासस /सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार