मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्नुहुने बताउनुभएको छ ।

युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना सार्वजनिक गर्दै चीनले तत्काल शान्ति वार्ताको आह्वान गरेको एक दिनपछि पेरिसमा बोल्दै म्याक्रोँले भन्नुभयो, “रुसी आक्रमण रोकियो, सेना फिर्ता भयो र युक्रेन र त्यहाँका जनताको क्षेत्रीय सार्वभौमिकताको सम्मान गरियो भने मात्र शान्ति सम्भव छ ।”

“चीन शान्ति प्रयासमा संलग्न हुनु राम्रो कुरा हो,” राष्ट्रपति म्याक्रोँले भन्नुभयो । ‘रूसलाई कुनै पनि हतियार आपूर्ति नगर्न’ उहाँले बेइजिङसँग आग्रह गर्नुभयो ।

रुसले रासायनिक वा आणविक हतियारको प्रयोग गर्नसक्ने आशङ्का व्यक्त गर्दै वार्ताअघि नै यो आक्रमण रोक्न दबाब दिन पनि बेइजिङको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चीनले रूसलाई हतियार उपलब्ध गराउनेबारे सोचिरहेको पश्चिमा मुलुकहरूको आरोपबीच सङ्कटको ‘राजनीतिक समाधान’का लागि आह्वान गरिएको चीनको १२ बुँदे पत्रमा आफुमाथि लागेको रूससँगको सैन्य सहकार्यबारे भनाइलाई बेइजिङले झुटो भन्दै यसको खण्डन गरेको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको एक बर्ष पुगेको दिन सार्वजनिक सामग्रीमा सबै पक्षलाई ‘रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र जतिसक्दो चाँडो प्रत्यक्ष संवाद सुरु गर्न सहयोग गर्न’ चीनले आग्रह गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा मस्कोको आणविक हतियार प्रयोग गर्ने धम्की दिएपछि यसले आणविक हतियारको प्रयोगमात्र होइन, त्यसलाई तैनाथ गर्ने धम्कीको विरूद्धमा चीन रहेको पनि पत्रले स्पष्ट पारेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार