श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बेलारुसमा रुसको गुप्तचर विमान ध्वस्त पारिएको दाबी

राजधानी मिन्स्क नजिक रहेको एक एयरस्ट्रिपमा रुसी विमान नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलारुसबाट निर्वासित विपक्षी दलहरूको संगठनले राजधानी मिन्स्क नजिक रहेको एक एयरस्ट्रिपमा रुसी विमान नष्ट गरिएको दाबी गरेको छ ।

‘पार्टिसन्सले मिन्स्क नजिक माचुलिश्ची एयरफील्डमा रुसको विमान ध्वस्त पार्नका लागि विशेष कारवाही गरेका छन्,’ फ्रानाक भियाकोर्काले ट्वीटमार्फत जानकारी दिए । उनी विपक्षी नेत्री स्वेत्लाना त्सिखानुस्कायाका सल्लाहकार हुन् ।

यस कारवाहीमा दुईजना बेलारुसीले ड्रोन उपयोग गरेका थिए । उनीहरू दुवैजनाले देश छोडिसकेको र सुरक्षित रहेको पनि बताइएको छ । रुसको ए–५० गुप्तचर विमानलाई तारो बनाइएको भियाकोर्काको भनाइ छ । विमानको मूल्य ३४ करोड ८० लाख डलर छ ।

‘बेलारुसमा रुसले गरेको नियन्त्रणलाई प्रतिकार गर्ने तथा युक्रेनको स्वतन्त्रताका लागि लड्ने सबै बेलारुसीहरूप्रति मलाई गर्व छ,’ विमान नष्ट गरिएको खबरपछि त्सिखानुस्कायाले ट्वीट गरिन् ।

यस कारवाहीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन । रुसी सेनाले यस विषयमा बयान जारी गरिसकेको छैन ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार