श्रावण ७, २०८२ बुधबार July 23, 2025

दोस्रो राइनास कपको उपाधि रोयल फ्रेण्डसिप युवा क्लवलाई

कालिका युवा क्लव भण्डारथोक गोरखालाई २ गोलले हराउँदै रोयल फ्रेण्डसिपले प्रतियोगिताको उपाधि जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता २०७९ को उपाधि रोयल फ्रेण्डसिप युवा क्लव लमजुङले जितेको छ । मंगलबार भएको फाइनल खेलमा कालिका युवा क्लव भण्डारथोक गोरखालाई शुन्यका विरुद्ध दुई गोलले हराउँदै रोयल फ्रेण्डसिपले प्रतियोगिताको उपाधि जितेको हो ।

लमजुङको राइनास नगरपालिका-६ धमिलिकुवा स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा यही फागन १० गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका १८ टिम सहभागि थिए ।

सेमिफाइनल खेलमा मर्स्याङदी युवा क्लव हवाइग्राउण्डलाई हराउँदै कालिका भण्डारथोक फाइनलमा प्रवेश गरेको थियो भने विवाईसी भोटेओडार हराउदै रोयल फ्रेण्डसिप फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता रोयल फ्रेण्डसिपले  २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालिकाले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा रोयल फ्रेण्डसिपका रोसन क्षेत्री सर्वाधिक गोलकर्ता, सागर गुरुङले उत्कृष्ट खेलाडी र लिलजंग तामाङले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् ।

तीनै जनालाई प्रमाणपत्र र पाँच/पाँच हजार नगद पुरस्कार दिइएको आयोजक गौलिटार क्षेत्रीय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले वताए । उनका अनुसार हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरि १/१ हजार रुपैयाँ दिइएको छ ।

यसैगरी सेमिफाइलन पुग्ने दुई टिम मर्स्याङदी हवाईग्राउण्ड र विवाईसी भोटेओडारलाई पुरस्कार स्वरुप नगद २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ ।

हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी १ हजार रुपैयाँ दिइएको थियो । प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले पुरस्कार वितरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार