कार्तिक २९, २०८३ आइतबार November 15, 2026

खाना पकाउने एलपी ग्याँसको मूल्य ह्वात्तै घट्यो, कति पुग्यो ?

टी. सप्लायर्सले नयाँ मूल्यमा सिलिण्डर दिन थालेपछि अन्य बिक्रेताहरू पनि मूल्य घटाउन बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो ।

टी. सप्लायर्सका सञ्चालक तीर्थ बुढाले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटेका बताउनुभयो । उहाँले यसअघि एउटा ग्यास सिलिण्डर भरेको पाँच हजार आठ सय मूल्य पर्ने गरेकोमा अहिले त्यो मूल्य घटेर तीन हजार आठ सय पुगेको छ । यसरी ग्यासको मूल्य घट्नुमा प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ढुवानी भएर आउने ग्यास सहज रूपमा आउन थालेपछि कारण हो ।

अहिले ग्यास घटेको मूल्य ६५ दशमलव ५१ प्रतिशत रहेको व्यापारीले बताएका छन् । सो मूल्यमा उक्त सप्लायर्सले सिलिण्डर दिन थालेपछि अन्य बिक्रेताहरू पनि मूल्य घटाउन बाध्य भएका छन् । पहिले ढुवानी गर्न कठिन हुने भएकाले महँगो पर्ने गरेको थियो । ग्यासको मूल्य घटेसँगै दैनिक ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि वृद्धि हुने देखिएको स्थानीयको भनाइ छ ।

सप्लायर्सबाट दैनिक सातदेखि आठ जना नयाँ र पन्ध्रभन्दा बढी पहिल्यैबाट ग्यास प्रयोग गर्दै आएको सञ्चालकले बताएका छन् । सिमकोट बजारका एक गृहिणी सिर्जना शाहीले एक साता यता खाना पकाउने एलपी ग्यासको मूल्य घटेकोमा खुसी लागेको बताउनुभयो ।

आफूले आठ हजारमा ग्यास सिण्डिर खरिद गरेको स्मरण गर्दै अहिले आधारभन्दा बढी मूल्य घट्दा उपभोक्तालाई सहज भएको उहाँको भनाइ छ । दाउराभन्दा ग्यास सस्तो पर्ने भएकाले उपभोक्ताहरू बढी ग्यास सिलिण्डर प्रयोग गर्नमा लागेको स्थानीयले बताएका छन् ।

ग्यासको मूल्य घटेपछि एकजना उपभोक्ताले दुई तीन वटासम्म सिलिण्डर राख्न थालेको शाहीले बताउनुभयो । यसअघि हुम्लामा खच्चड मार्फत ग्यास ढुवानी गरिदैआएको थियो । खच्चडबाट ढुवानी गरिएको सिलिण्डरसहितको ग्यासको मूल्य चौध हजारसम्म पर्ने गरेको थियो ।-राजन रावत/गो.प.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार