भाद्र ३, २०८३ बुधबार August 19, 2026

ट्वीटरले थप २ सय कर्मचारीलाई जागिरबाट निकाल्यो

ट्वीटरमा मस्कले अहिलेसम्म ५० प्रतिशत कर्मचारीको जागिर खोसिसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्मचारी कटौतिको अर्को चरण अन्तरगत ट्वीटरले थप २ सय कर्मचारीलाई जागिरबाट निकालेको छ । यो भनेको ट्वीटरमा हाल कार्यरत करिब २ हजार कर्मचारीको १० प्रतिशत हो । गत अक्टोबरमा एलन मस्कले खरिद गर्नुअघि करिब साढे ७ हजार कर्मचारी रहेको ट्वीटरमा मस्कले अहिलेसम्म ५० प्रतिशत कर्मचारीको जागिर खोसिसकेका छन् ।

पछिल्लोपटक २ सय कर्मचारी कटौति गरेसँगै मस्कले ट्वीट गर्दै भनेका छन्, ‘आशा छ तपाईँको शुक्रबार राम्रो रह्यो होला । तपाईँको बाँकी जीवनको पहिलो दिन ।’त्यस्तै ट्वीटरको ब्लू भेरिफिकेसन सब्सक्रिप्सन मोडेल हेर्ने ट्वीटर पेमेन्ट्सकी प्रमुख कार्यकारी इस्थर क्राफोर्डले आफूलाई आफ्नो टीमप्रति गहिरो गौरवानुभूति रहेको बताएकी छिन् ।

ट्वीटरको खरिद गरेको न्युजलेटर टूल रिभ्युका संस्थापक समेत रहेका वरिष्ठ प्रडक्ट म्यानेजर मार्टिज्न डी कुइज्परले एक ट्वीट गर्दै आफ्नो कार्यालयको इमेल लक भएसँगै आफूले जागिर गुमेको पत्तो पाएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार