कार्तिक २९, २०८३ आइतबार November 15, 2026

धनुषामा रातिको समयमा डिजे बजाउन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः धनुषा जिल्लाको शहरी एवं ग्रामीण क्षेत्रमा रातिको समयमा डिजे (लाउडिस्पिकर) बजाउन रोक लगाइएको छ। विवाह, वर्तबन्ध, धार्मीक कार्य लगायतको कार्यक्रममा डिजे बनाउन रोक लगाइएको हो।

ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राति १० बजेपछि डिजे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको हो।

रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठुलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन आग्रह गरिएको छ’ बिहीबार प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ। यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार