कार्तिक २९, २०८३ आइतबार November 15, 2026

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्छ : पर्यटनमन्त्री किराती

विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उहाँले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्नुभयो ।

“हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहँुचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।”

अन्तर मन्त्रालयको सम्बन्ध र मातहत निकायबीचको समन्वय नहुँदा यात्रुले सास्ती बेहोर्नु परेकोतर्फ लक्षित गर्दै मन्त्री किरातीले नागरिकले सरल र सहजरूपमा सेवा पाउनेगरी सरकारी निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विमानस्थललाई यात्रुमैत्री बनाउन आवश्यक पूर्वाधार, बाहिर काउन्टर, घण्टाँै लाइन बस्नुपर्ने अवस्था समाधान गर्न आग्रह गर्नुभयो । विमानस्थलमा आवश्यक काउन्टर थप्न, बोर्डिङ लिने ठाउँसम्म अशक्त मानिसलाई सहयोग गर्ने व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।

सुरक्षाका नाममा नागरिकले अनावश्यक दुःख पाउनु हुँदैन भन्दै मन्त्री किरातीले सुरक्षा संवेदनशीलतासँगै नागरिक सेवा सहजीकरणतर्फ पनि ध्यान दिन निर्देशन दिनुभयो । उहाँले विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन भएर यात्रुले सास्ती बेहोर्नुपरेको समाचारले नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो ।

“तत्काल विमानस्थलमा देखिएको बेथिति नसुध्रिए सारा प्रमाणसहित सार्वजनिक गर्न म बाध्य हुनेछु । अब यो बेथितिको अन्त्य हुनुपर्छ, आम नागरिकको पहुँचमा विमानस्थल हुनुपर्छ, एयरपोर्ट सुन्दर हुनुपर्छ, विमानस्थलका सबै कर्मचारी सभ्य हुनुपर्छ”, उहाँले भन्नुभयो । सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), विमानस्थलका प्रमुख तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार