काठमाण्डौंः दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।
नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ ।
हताहतबाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पुर्याएको लेबनानमा रहेको अङ्ग्रेजी समाचारपत्रले आफ्नो वेबसाइटमा जनाएको छ । -सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया