कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा

भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन् । उनको जिम्मेवारी एसिया–प्रशान्त क्षेत्र हेर्ने हो।

उनी शुक्रबार फर्कने कार्यक्रम छ। उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राज्यमन्त्री ट्रेभेलियन बुधबार बिहान बसन्तपुर क्षेत्रमा गएकी थिइन्। साथै, उनले बुधबार बेलुकी सानो समूहमा नेपालीहरुसँग नेपालको राजनीति र अहिलेको भूराजनीतिक विषयमा छलफल गरेकी थिइन्।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको काठमाडौंस्थित बेलायती दूतावासको एक अधिकारीले जानकारी दिए। उनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने छिन्। उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ।

राज्यमन्त्री ट्रेभेलियनले भ्रमणकै दौरानमा सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्दैछ। उनले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम पनि छ।

माघको अन्तिम साता बेलायतबाट ‘मिनिस्टर फर डिफेन्स पिपुल’ एन्ड्रयू मुरिसनले नेपालको भ्रमण गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार