काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ ।
निवार्चनका लागि दुई वटा केन्द्र तोकिएको छ । राष्ट्रपति निर्वाचनको अन्तिम नामावली अनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहका छन् । जसअनुसार प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।
मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ । नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् ।
मतदाता नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेपछि उनको मृत्यु भएकाले अर्को सांसद बनाउने अवस्था नआएको निर्वाचन आयोगले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया