काठमाडौंः नेपाल विद्यार्थी संघ नेविसंघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सन्दर्भका उपत्यका स्तरीय अगुवा विद्यार्थी भेला तथा अन्तरक्रिया गर्दै छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज दिउँसो साढे ३ बजे राष्ट्रयसभा गृहमा भेला तथा अन्तरक्रिया कार्यक्रम हुने बताए।नेविसंघ आगामी चैत ५ हुने स्ववियु निर्वाचन आन्तरिक तयारीमा छ । २७ फागुन (शनिबार) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्न सकिनेछ। ५ चैत बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन मिति तय भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया