असार २३, २०८२ सोमबार July 7, 2025

कोशी अस्पतालका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्।

विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु भएको हो।

त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन्। उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको कोशी अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिएकी छन।

डा. मिश्राका अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोलि परिचालित रहेको छ।

त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहदै आएको छ।

उदयपुरबाट संक्रमित भर्नासँगै पहिलोसाता खटिएका चिकिस्तकहरुको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रोसाताबाट मात्र उनीहरुको क्वारेन्टाइन समय जोडिने डा. मिश्राको भनाइ छ।

यसबीच सो समय संक्रमितसँग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छन। यसक्रममा उनीहरुको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको उनले बताएकी छन।

यसक्रममा उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्टको पर्खाइमा केन्द्र रहेको छ।

डा. मिश्रा भने सुरक्षित रुपमा आफ्नै निवासमा क्वारेन्टाइनको समय विताउँदै अन्य कामकाजमा व्यस्त रहेकी छिन्। पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएपनि सबैजना गएको १५ दिनदेखि होटलकै कोठाभित्र क्वारेन्टाइनमा रहेकाछन्।

उनीहरुको अवस्था सामान्य रहेपनि सुरक्षाका लागि होटलबाहिर घरसम्म पनि नगएको डा. दिपक सिग्देलले जानकारी दिएका छन। यसक्रममा २४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक रहने र दुइजना सिनियर चिकित्सक भने २४ घण्टा नै खटिएकाछन्।

त्यसैगरि, पहिलोटोलीसँगै उपचारमा खटिएको ६ दिनपछि, दोस्रो २५ जनाको टोली केन्द्रमा खटिएको थियो र सो टोलीसमेत क्वारेन्टाइनमा रहेको छ। डा.मिश्रा भन्छिन्, हालसम्म ५० जना होटलमा र तेस्रो चरणका २५ जना स्वास्थ्यकर्मी भने होटलको बसाईसँगै केन्द्रमा संक्रमितको उपचारमा खटिनु भएको छ। तेस्रो चरणको टोलीको शनिबारबाट केन्द्रमा नियमित काममा रहदै आएकाछन्।

सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाईको समय पूरा भइनसकेको बताएकी डा. मिश्राले क्वारेन्टाइनमा प्रक्रिया पूरा भएपछि सबैजना कोशी अस्पतालको नियमित कार्यमा फर्कने बताउँछिन्।

चिकित्सकहरुलाई सेल्फ क्वारेन्टाइनका क्रममा केन्द्रबाट करिब १ सय मिटरको दूरीमा रहेको एक होटलमा राखिएको छ। त्यसैगरि अन्य स्वास्थ्यकर्मीलाई भने मेनरोडस्थित जैन भवनमा राखिएको छ।

कोभिड १९ उपचार केन्द्रमा हालसम्म उदयपुरबाट २८ जना, झापाबाट २ र भोजपुरबाट १ जना संक्रमित उपचारका क्रममा रहेकाछन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि तीनजना मधुमेह र एक जना उच्च रक्तचापको विरामी रहेको केन्द्रले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया