श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन

चिनियाँ राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो ।

चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिए। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो ।

सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।

सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्छन् भन्ने विषय उनमै निर्भर रहने भएको छ ।

सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार