कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गणतन्त्रको गौरव बढाउन स्थानीय तहकाे भूमिका प्रशंसनीय : प्रधानमन्त्री

संविधानले परिकल्पना गरेबमोजिम संघीय ऐनहरू निर्माण हुने क्रम जारी रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहितको अधिकारलाई व्यवस्थित ढंगबाट बाँडफाँट गरेको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको ३०औँ स्थापना दिवसका अवसरमा आज काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले अग्रगामी पुनर्संरचनासहितको अधिकारलाई व्यवस्थित ढंगबाट बाँडफाँट गरेको हुँदा त्यसको ठीक ढंगबाट प्रयोग गर्न सके नेपालको संघीय प्रणाली विश्वमै उदाहरणीय बन्न सक्ने बताउनुभयो ।

स्थानीय, प्रदेश र संघीय गरी तीनै तहमा अन्तरसम्बन्ध हुन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नयाँ संविधान निर्माण भएकोले परिर्वतन र सामाजिक रुपान्तरणको मुद्दा संस्थागत हुन सकेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले संविधानले परिकल्पना गरेबमोजिम संघीय ऐनहरू निर्माण हुने क्रम जारी रहेको बताउनुभयो । सरकारले संघीय निजामती र संघीय शिक्षा ऐन निर्माण गर्न सक्रियताका साथ काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको गौरव बढाउन स्थानीय तहले खेलेको भूमिका अनुकरणीय र प्रशंसनीय रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार