कार्तिक २९, २०८३ आइतबार November 15, 2026

इयु राजदूतहरुको टोलीले भेटे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर फर्केको राजदूतहरूको टोलीले विकासको सवालमा मुख्यमन्त्री शाहसँग छलफल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालका लागि युरोपियन युनियन (इयु) तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेको छ ।

इयुका राजदूत नोना डिप्रेजसहित चार जना राजदूतहरूको टोलीले आज बिहान मुख्यमन्त्रीसँग भेटवार्ता गरेको हो । सो टोलीले युरोपियन युनियनको सहयोगमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित विभिन्न परियोजना र विकासका गतिविधिको निरीक्षण गरेको थियो ।

सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर फर्केको राजदूतहरूको टोलीले विकासको सवालमा मुख्यमन्त्री शाहसँग छलफल गरेको जनाइएको छ । भेटवार्ताको क्रममा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवाको पनि उपस्थिति थियो ।

टोलीमा जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्डका राजदूत रिना रिक्का हेईक्का रहनुभएको छ । यसैगरी, बुधवार सो टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसँग पनि भेटवार्ता गरेको थियो । राजदूतहरूको टोलीसँग विकास लगायत विभिन्न विषयमा छलफल भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको चारदिने भ्रमणका लागि फागुन २९ राजदूतहरूको टोली यहाँ आएको थियो । सो टोलीले धनगढीको सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नुका साथै युरोपियन युनियनका सदस्य राष्ट्रहरूको सहयोगमा सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालित परियोजनाको निरीक्षण गरेको थियो । भ्रमणको क्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुखसँग भेटघाट र छलफल गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार