कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मन्त्रीपरिषदद्धारा पूर्वाधार निर्माण सम्बन्धि दुई कार्यविधि पारित

समपूरक बजेट अनुदानको सिलिङ कम्तीमा ५० लाख रुपियाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गरेको हो । साथै, विशेष अनुदानको बजेट सिलिङ कम्तीमा २५ लाख रुपियाँको बनाएको छ । यसैगरी, मन्त्रिपरिषद्ले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । समपूरक बजेट अनुदानको सिलिङ कम्तीमा ५० लाख रुपियाँको बनाइएको छ ।

दुई वटै कार्यविधि कार्यान्वयनमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गर्ने प्रदेश सरकारले निर्णय गरेको  छ । यसैगरी, डा. हेमराज पन्तको संयोजकत्वमा तीन सदस्यीय शिक्षाक्षेत्र सुधार सुझाव कार्यदल बनाइएको छ । त्यस्तै, डा. गणेशबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय स्वास्थ्यक्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको छ । दुवै कार्यदललाई काम सुरु गरेको दिनदेखि ३५ दिन कार्य अवधि तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार