नेपालगन्ज । बाँकेको नेपालगन्जमा आज थपिएका ७ नयाँ संक्रमित पनि आइतबार कोरोना संक्रमण पुष्टि भएका १५ जना बस्ने टोलकै स्थानीय हुन् ।
यो संगै नेपालगन्ज ८ जोल्हनपुर्वा टोलका २२ जना संक्रमित भएका छन् । शुक्रबार नेपालगन्ज ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक संक्रमण पुष्टि भएपछि उनको घरपरिवार, उनी काम गर्ने मस्जिद वरपर र उनले ट्युसन पढाउने घरका ब्यक्तिहरुको स्वाब संकलन गरेर भेरी अस्पतालमा पिसिआर विधिबाट परिक्षण गरिएको हो ।
शनिबार र आइतबार संकलन गरिएका सबै ९४ जनाको स्वाब परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । यसअघि आइतबार १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया