कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रपति पौडेलले तोडे परम्परा : सर्वसाधारणलाई नरोकी कुमारी घर पुगे

राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणको आवागमनलाई अवरोध नगरी वसन्तपुरस्थित कुमारी घर पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सवारीले सर्वसाधारणलाई सास्ती भइरहेका बेला नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणको आवागमनलाई अवरोध नगरी वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। शनिबार अपराह्न उनको सवारीका क्रममा सार्वजनिक र निजी सवारी रोकिएनन्।

पौडेल शीतल निवासदेखि वसन्तपुर जाँदा र फर्कंदा सवारीसहित सर्वसाधारणलाई अवरोध नगरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।‘ राष्ट्रपतिको सवारीबारे थाहा थियो तर सवारी र सर्वसाधारणलाई नरोक्न भन्ने खबर आयो, त्यहीअनुसार हामीले सवारी व्यवस्थापन गर्‍यौँ’, कार्यालयका एक वरिष्ठ अधिकारीले भने।

पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव, विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा विभिन्न देशका विशिष्ट पाहुनाहरूको सवारीका क्रममा सर्वसाधारणलाई समेत रोकेर सडकको आवागमन ठप्प हुँदा उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित बन्ने गरेको थियो।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिने क्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले यस्तो परम्परा तोड्न सुझाएका थिए। सामाजिक सञ्जालमा पनि यस्तो शैली तोड्न चर्को जनदबाब सुरु भएको छ।

पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुँदा सवारी साधनको आवगमन अवरोध नगर्ने बताएका थिए। जीवित देवी कुमारीको दर्शन गर्न कुमारी घर गएका उनी दर्शनपश्चात् प्रसाद ग्रहण गरेर फर्किएका छन्। उनले कुमारी घरमा चियापान पनि गरेका छन्। कुमारी घरमा राष्ट्राध्यक्षले चियापान गरेको यो पहिलो पटक हो । विगतका राष्ट्राध्यक्षले प्रसाद मात्र ग्रहण गर्ने गरेका थिए ।

राष्ट्र प्रमुख निर्वाचत भएपछि जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा छ। शनिबार विहान कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डल राष्ट्रपति निवास पुगेर पौडेललाई बधाई दिएको थियो। कुमारी घरमा हरेक महिनाको दशमीको दिन कुमारीको पूजा हुने गर्छ । हरेक एकादशीका दिन राष्ट्र प्रमुख समक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार