कार्तिक २९, २०८३ आइतबार November 15, 2026

डिस्ट्रिक ३२५ के नेपालको पहिलो महाधिवेशन सम्पन्न : गर्भनरमा सुचित्रा थापा निर्वाचित

डिस्ट्रिक्ट फस्ट भाईस गर्भनरमा निरा बज्राचार्य, सेकेण्ड भाईस गर्भनरमा दुर्गा प्रसाद हुमागाँई र क्याबिनेट सेक्रेटरीमा शैलेन्द्र दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालको एतिहासिक पहिलो महाधिवेशन पर्यटकीय नगरी पोखरामा गत चैत्र ४ गते सम्पन्न भएको छ ।

डिस्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्व निर्देशक प्रवीण छाजेदको विशेष आतिथ्यतामा सम्पन्न भई डिष्ट्रिक्ट गभर्नरमा सुचित्रा थापा, प्रथम डिस्ट्रिक गभर्नरमा निरा बज्राचार्य र द्धितिय डिस्ट्रिक गभर्नरमा दुर्गाप्रसाद हुमागाईं १०० प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन् ।

करिब एक हजारजना बढी लायन प्रतिनिधीहरुको उपस्थितिमा गत शनिवार सम्पन्न महाधिवेशनमा पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, आईडी इन्डोर्शी बालकृष्ण बुर्लाकोटी, एलसीआईएफ एरिया लिडर राजन लम्साल, मल्टिपल काउन्सिल चियर पर्सन केशव पाण्डे तथा पूर्व डिस्ट्रिक गभर्नरहरूको उपस्थिति रहेको थियो । डिस्ट्रिक क्याबिनेट सेक्रेटरी मिनराज काफ्लेद्वारा संचालित कार्यक्रममा बोल्दै पूर्व निर्देशक खेतानले लायन्समार्फत नेपालमा धेरै प्रोजेक्ट र सहयोग भित्र्याउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुका साथै नेपालको दोस्रो छोरो लायन्स बालकृष्ण बुर्लाकोटी अन्तर्राष्ट्रियको निर्देशक बन्न लागेको भन्दै खुशी ब्यक्त गर्दै सबैलाई सहयोगको अनुरोध गरे ।

विशेष अतिथि प्रविनले नेपालका लायन्सहरूको काम देखेर विश्व चकित परेको भन्दै अझै प्रगति शुभकामना दिए । लायन्स क्लब अन्तर्राष्ट्रियमा नेपालबाट डिस्टिक के प्रथम स्थानमा रहेको भन्दै एलसीआईअफ एरिया लिडर लम्सालले डिस्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजुलाई धन्यबाद दिँदै निर्वाचितहरुलाई सफल कार्यकालको शुभकामना दिए ।

निर्वाचित डिस्ट्रिक गभर्नर सुचित्रा थापाले आफ्नो कार्यकालको लागि क्याबिनेट फस्ट भाईस गर्भनरमा निरा बज्राचार्य, सेकेण्ड भाईस गर्भनरमा दुर्गा प्रसाद हुमागाँई, सेक्रेटरीमा शैलेन्द्र दाहाल, क्याबिनेट ट्रेजररमा दुर्गा ढकाल, चिफ एडभाइजरमा रमेश अधिकारी, पीआरओ इन चीफमा विष्णुहरि फुयाँल, प्रमुख प्रशासकमा टिकाराम सापकोटा, डिस्ट्रिक महिला सशक्तिकरण प्रमुखमा ज्ञानु बुर्लाकोटी लगायत ३३ जनालाई मनोनीत गरेको बताइन् ।

गर्भनर थापा लगायत तीनै जना प्रत्यक्ष उम्मेदवारले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् ।

कार्यक्रम शुरु हुनअघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँकीसहितको परेड आयोजना गरिएको थियो ।

पहिलो कन्भेन्सन गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । स्मरण रहोस डिस्ट्रिक्ट ३२५ के मा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा लगायत १ सय ५७ वटा क्लब आवद्ध रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार