बैसाख १९, २०८३ शनिबार May 2, 2026

अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ १८ गतेसम्म लम्ब्याएको छ।

लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेकै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध पनि विस्तार गरेको हो। यसअघि अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ २ गतेसम्मका लागि थियो।

सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। यसैगरि सिमा नाका बन्द पनि जेठ १८ गतेसम्म लम्ब्याइएको छ। नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।

नेपालमा हालसम्म कोरोना भाइरसका ८५ संक्रमित छन् जसमध्ये १६ जना निको भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया