कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘सामाजिक क्षेत्रमा लायन्स क्लबको भूमिका महत्वपूर्ण’ – पूर्वराष्ट्रपति यादव

लायन्स क्लब ३२५ एफ को पहिलो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्व राष्ट्रपति डा. रामवरण यादवले लायन्स क्लबले मानव सेवाको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउनुभएको छ ।

पूर्व राष्ट्रपति यादवले लायन्स क्लब ३२५ एफ को पहिलो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै लायन्स क्लबले नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको काम निक्कै प्रशंसनीय भएको बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासमा लायन्स क्लबका सदस्यहरु स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न आवश्यक भएको बताउनुभयो । उहाँले कुनै बेला मधेशका जिल्लाहरू कृषिका लागि उर्वर भए पनि अहिले चुरेको विनाशका कारणले समस्यामा भएको बताउनुभयो ।

उद्योगपति एवं लायन राजेन्द्र खेतानले नेपाललाई समृद्ध बनाउने धेरै आधारहरू भएको बताउँदै समृद्ध देश बनाउनका लागि सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकमा धेरै विषयहरू रहेकाले त्यसलाई अनुशरण गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले पनि बोल्नु भएको थियो । लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा. राजेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले उद्योगपति डा राजेन्द्र खेतानलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।

भोलिसम्म चल्ने वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वको चयन गर्नेछ । अहिले देशमा लायन्स क्लबको १५ वटा डिस्ट्रिक्ट रहेका छन् । यसै गरि देश भरिमा ५ हजार ५ सय सदस्यहरु रहेका छन् ।

कार्यक्रमको संयोजक पूर्व डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय हुनुन्थ्यो । देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा लायनहरु जनकपुरधाम आएका छन् । शनिबार बिहान प्रभात फेरि गर्ने कार्यक्रम पनि छ । उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले लायन्स क्लबको स्मारिका पनि विमोचन गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार