असार २८, २०८२ शनिबार July 12, 2025

नेकपा स्थायी कमिटी बैठक अनिश्चित, दुई अध्यक्ष फेरि छलफलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा सचिवालय बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फेरि छलफललाई निरन्तरता दिएका छन्।

स्थायी कमिटी बैठकको समय र त्यसका एजेण्डाबारे सचिवालय बैठक सकिए लगत्तै उनीहरुले एक्ला–एक्लै छलफललाई निरन्तरता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन।

‘प्रधानमन्त्रीसमेत रहेका ओली बैठकबाट बीचमै निस्केर किन हिँड्नु भएको हो ?’ भन्ने प्रश्नको जवाफमा श्रेष्ठले आफ्नो केही व्यस्तताका कारण देखाउँदै ओली बैठकका पूरा समय नबसेको बताएका छन।

यो सँगै अध्यक्ष ओली र दाहालबीच भोलि पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनबारे कुरा नमिलेको स्पष्ट संकेत देखापरको छ। यही २० गते शनिबार भएको सचिवालय बैठकमा ओलीले जनाएका आफ्ना प्रतिवद्धताहरु राजनीतिक प्रतिवेदनमा लिपिवद्ध गर्न नचाहेको सचिवालय स्रोतले बताएको छ।

शनिबारको बैठकले वैशाख २५ गते अर्थात भोलि स्थायी कमिटी बैठकको मिती तय गरेको थियो। त्यसबारे प्रवक्त श्रेष्ठले दुई अध्यक्षबीच छलफल अझै हुन बाँकी रहेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया