कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक भोली विश्वासको मत लिने

संसदीय दलको बैठकपछि मात्रै अन्तिम निर्णय लिने मोडमा एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार फेरि विश्वासको मत लिँदैछन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन् । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु परेको हो । कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा हाल दुई दल मिलेर सरकार चलाइरहेका छन् । सत्तामा एमालेबाट आर्थिक मन्त्रीमा विनोद शाह, सामाजिक विकासमन्त्रीमा टेकराज पछाइ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जितबहादुर मल्ल छन् । एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेसले आफूले नेतृत्व गर्न पाउनु पर्ने तर्क गर्दा राजनीतिक समीकरण कस्तो बन्छ भन्ने शुक्रबार नै तय हुने देखिन्छ । एमाले सरकारमै भएकाले अहिले नै विश्वासको मत दिँदैनौं भन्न नमिल्ने बताउँछ । तर संसदीय दलको बैठकपछि मात्रै अन्तिम निर्णय लिने मोडमा भने एमाले देखिन्छ ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्ने मनसायमा मुख्यमन्त्री शर्मा देखिँदैनन् । यही सरकारलाई अघि बढाउने र कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर कर्णालीको प्रतिपक्षको रुपमा रहँदै आएको गरिबी, अविकास, विकटतालाई अन्त्य गर्न दलहरु एक ठाउँमा उभिनुपर्ने तर्क मुख्यमन्त्रीको छ । कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार