कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बारा २ को उपनिर्वाचनमा लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने

बारा २ मा राजेन्द्र महतोले उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : बारा २ को उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्ने भएका छन्। लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

मंसिर ४ को निर्वाचनमा नेता महतो सर्लाही–२ बाट पराजित भएका थिए। उनी नेसपाका महेन्द्रराय यादवसँग चुनाव हारेका हुन्। बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दिने तय भएको छ।

जसपाको विस्तारित बैठकबाट उपेन्द्रको एकल नाम सिफारिस गरिएको छ। यस्तै जनमत पार्टीले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। त्यसका लागि कुशवाहा जनमत प्रवेश गरिसकेका छन्।

यसअघि जनमत पार्टीले महतोलाई चुनाव लड्न आग्रह गरेपनि महतोले मानेका थिएनन्। अहिले आएर भने उनी चुनाव लड्ने निर्णयमा पुगेका हुन्।

बारा २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार