काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।
रास्वपाले उम्मेदवारको प्रारम्भिक सूचीमा चितवन-२ बाट रवि लामिछानेको मात्र नाम सार्बजनिक गरेको छ भने तनहुँ-१ बाट आजै काँग्रेस छोडेका डा. स्वर्णिम वाग्लेसहित ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम रहेको छ । त्यस्तै बारा-२ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम रहेको छ ।
रास्वपाले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय चैत्र १७ गते बिहान ११ बजेसम्म निर्धारण गरेको छ ।
.jpg)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया