वैशाख २५, २०८१ मंगलबार May 7, 2024

९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

महासङ्घलाई क्रियाशील पत्रकारको साझा सङ्गठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पत्रकार महासङ्घले नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चितता सहितको प्रेसमैत्री कानुन निर्माणको माग गरेको छ ।

लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलन पश्चात् आज जारी ९ बुँदे घोषणापत्रमा संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

महासङ्घलाई क्रियाशील पत्रकारको साझा सङ्गठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय पनि सम्मेलनले गरेको छ ।

श्रमजीवी पत्रकार ऐन लगायतका विद्यमान कानुन अनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधा प्राप्तिबाट श्रमजीवी पत्रकारहरू वञ्चित भइरहेको ठहर गर्दै सम्मेलनले ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया