कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती

वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ। होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिनुभयो।

“पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु। यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ”, उहाँले भन्नुभयो। वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उहाँको भनाइ छ।

पर्यटनमन्त्री किरातीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताउनुभयो।

उहाँले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताउनुभयो। ‘घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति’ भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमा समेत गर्ने योजना रहेको मन्त्री किरातीले सुनाउनुभयो।

पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रुपमा विकास गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो।

मन्त्री किरातीले भन्नुभयो, “म पर्यटन नीति बनाउँछु, पर्यटन बोर्डले प्रवर्द्धनको काम गरोस्। पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ।”

कार्यक्रममा होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेल, होटल व्यवसायी महासङ्घ बागमती प्रदेश अध्यक्ष दामोदर नेपाल, होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखाललगायतले पर्यटन क्षेत्रमा होटल व्यवसायले ठूलो योगदान गरेकाले पर्यटकलाई सेवा दिने होटललाई राज्यले समानरुपमा हेर्नुपर्नेमा जोड दिनुभएको थियो।

गण्डकी प्रदेशमा रहेका आठ हजार होटल तथा रेष्टुराँ व्यवसायीको छाता संस्था होटल व्यवसायी महासङ्घ गण्डकीमा जिल्लास्थित होटल व्यवसायी सङ्घ तथा समिति आबद्ध छन्। महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार