काठमाडौंः यो वर्षको सुरुवातमा नै साओमीले १३ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरिसकेको छ । यद्यपि कम्पनीले साओमी १३ अल्ट्रा सार्वजनिक गर्न भने केही ढिलाई गरेको छ ।
लाइकासँगको सहकार्यमा तयार भएको क्यामेरा प्रयोग भएको भनिएको साओमी १३ अल्ट्राको लागि धेरै प्रयोगकर्ता पर्खाइमा छन् । अन्तत: पर्खाइ सकिएको छ ।
कम्पनीले अर्को महिना साओमी १३ अल्ट्रा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै स्मार्टफोन सार्वजनिक हुने बिषयमा जानकारी दिएको हो ।
फोनमा लाइकासँगको सहकार्यमा कम्पनीले ५० मेगापिक्सेल मुख्य क्यामेरा समावेश गरिएको छ । यसमा ५०-५० मेगापिक्सेल कै दुईओटा जुम फोकस क्यामेराहरू पनि छन् । सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । क्यामेरा कै लागी पनि यो फोन चर्चामा छ ।
क्यामेरासँगै फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । साथै फोनको स्क्रिन भने ६.७ इन्चको रहेको छ । फोनमा ९० वाटको चार्जिङ सपोर्ट सहितको ४९०० एमएएच ब्याट्री दिइएको छ । फोन १२ जीबी र्याम र १२ जीबी र्याम भेरियन्टमा उपलब्ध हुनेछ ।
१२ जीबी र्यामसँग २५६ जीबी स्टोरेज दिइएको छ भने १६ जीबी र्यामसँग ५१२ जीबी स्टोरेज दिइएको छ । टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया