कार्तिक २९, २०८३ आइतबार November 15, 2026

वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्छ : मन्त्री गुरुङ

वाग्मती सफा पार्न पहिले मन सफा हुनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सहरी विकासमन्त्री सीता गुरुङले वाग्मती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन् । उनले वाग्मती सफा पार्न आसपासमा बस्न नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन् ।

‘हामीले वाग्मती सफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौंदेखि हामी हरेक साता वाग्मतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौं, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले सधैं काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन । वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं । त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ । जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ ।’

मन्त्री गुरुङले वाग्मती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन् । उनले वाग्मती नदी आसपासमा बसोबासका सन्दर्भमा देखिएको समस्याका विषयमा सरकार गम्भीर रहेको बताइन् । ‘हरेक नागरिकको व्यवस्थित बसोबास हामीले संविधानमा ग्यारेन्टी गरेका छौँ । आवासविहीनलाई आवासको सुविधा दिनु सरकारको दायित्व हो,’ उनले भनिन्, ‘हामीले यो कुरालाई पनि भुल्न हुँदैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार