कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पूर्ण खोप सुनिश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता घोषणा सभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र  राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राख्नुभयो ।

मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

उहाँले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकाले संयुक्त रूपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्था सुरु गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिँदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गर्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु बालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगरप्रमुख कोइराला  एवं  १९ वडा अध्यक्षहरूलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिनुभयो । उहाँले खोप सुनिश्चितता प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गर्नुभएको थियो ।

महानगरपालिमा  रहेका १६ देखि ५९ महिनाका १७ हजार पाँच सय दुई बालबालिकामध्ये खोप लगाउन छुट भएका एक हजार पाँच सय ९२ लाई पूर्ण खोप गरिसकेको र आगामी दिनमा कुनै बालबालिका खोपबाट वञ्चित नहुन ‘खोप सुनिश्चितता घोषणा’ गरिएको हो ।

महानगरले १३ वटा विभिन्न खोपहरू ३५ विभिन्न  वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार