काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् ।
पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् । विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज आइपुगेको राणाले बताएका छन ।
राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगञ्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । वैशाख २० गते नेपालगन्जको अभिनन्दन कार्यक्रम भव्य रुपमा सफल पारौँ’, राणाले ट्वीटरमा भनेका छन् ।
पूर्वराजाको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीलगायतका परिवारका सदस्य रहेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया