कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने चेतावनी

सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने मुख्य एजेण्डामा छलफल केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ ।

सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर  गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो ।

रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् ।

सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै उनले आइतबार बेलुकादेखि नै वार्ता हुने जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार