असोज २२, २०८३ बिहिबार October 8, 2026

सामसङको फाइभजी स्मार्टफोन यसै साता सार्वजनिक गर्ने तयारी

२५ हजार मूल्यमा पाइने मोबाइल फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सामसङले नेपाली बजारमा फाइभजी सपोर्ट गर्ने बजेट फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यही हप्ता सार्वजनिक हुने तयारीमा रहेको ग्यालेक्सी एम१४ स्मार्टफोनको विषयमा जानकारी दिएको हो ।

२४ हजार ९९९ रुपैयाँ मूल्य तोकेको यो फोन फाइभजी सपोर्ट गर्ने फोन हो । यसमा २५ वाट चार्जिङ सपोर्ट सहितको ६००० एमएएच ब्याट्री राखिएको छ ।

यो फोनको अर्को मुख्य विशेषता भनेको यसमा भोइस फोकस फिचर दिइएको छ । उक्त फिचर प्रयोग गरेर प्रयोगकर्ताले फोन गर्दा ब्याकग्राउन्डको हल्ला नआउने बनाउन सक्छन् । यसले प्रयोगकर्ताको फोनकलको अनुभव उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।

२५ हजार मूल्यको फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको डिस्प्ले ६.६ इन्चको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलकै म्याक्रो सेन्सर राखिएको छ । सेल्फिका लागि भने १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ ।

योसँगै कम्पनीले चाँडै नै ग्यालेक्सी एफ५४ र ग्यालेक्सी ए२४ पनि सार्वजनिक गर्ने भएको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
२०८३ असोज २२, बिहिबार
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
२०८३ असोज २२, बिहिबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३ असोज २२, बिहिबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि
२०८३ असोज २२, बिहिबार
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार