असोज २२, २०८३ बिहिबार October 8, 2026

निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक हुँदै

क्यामेराको मूल्य ४ हजार डलर (करिब ५ लाख २५ हजार रुपैयाँ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निकोन ब्रान्डले विश्व बजारमा नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोन जेडएट (Nikon Z8) नाम दिइएको यो क्यामेरा भिडियो र स्थिर फोटोग्राफी दुवैको लागि डिजाइन गरिएको छ ।

कम्पनीको फ्ल्यागशिप क्यामेरा जेडनाइनको जस्तै डिजाइन भएको यो क्यामेरा भने सानो र बोकेर हिड्न सजिलो छ । यसको तौल ९१० ग्रामको छ । यसमा ३.२ इन्चको टचस्क्रिन उपलब्ध छ जसलाई ठाडो र तेर्सो गरेर प्रयोग गर्न सकिन्छ ।

यस्तै क्यामेरामा ०.५ इन्चको इलेक्ट्रोनिक भिउफाइन्डर  छ भने १८ लेभलको म्यानुअल ब्राइटनेस कन्ट्रोल फिचर पनि यसमा उलब्ध छ । यो क्यामेराले निकोनको जेड माउन्टेड र एफ माउन्टेड लेन्सहरू सपोर्ट गर्छ ।

यसमा ५२.३७ मेगापिक्सेलको फुल-फ्रेम सीएमओएस सेन्सर उपलब्ध छ । साथै यसमा अधिकता ४९३ ओटा अटोफोकस पोइन्टहरू पनि रहेका छन् । भिडिओग्राफीको लागि यस क्यामेरामा ३० एफपीएसमा एटके भिडिओ खिच्न सकिन्छ । यसमा फोरके एचडी र फुल एचडीमा पनि भिडिओ खिच्न सकिन्छ ।

यी बाहेक क्यामेरामा वाइफाइ, ब्लुटुथ, यूएसबी-सी पोर्ट, एचडीएमआई आउट, अडियो इनपुट/आवटपुट लगायतका फिचर पनि उपलब्ध छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको मूल्य ४ हजार डलर (करिब ५ लाख २५ हजार रुपैयाँ) तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार