असार ६, २०८३ शनिबार June 20, 2026

आरोपितलाई निलम्बन गर्न नसक्नु कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीको प्रभाव : विजयकान्त कर्ण (अन्तवार्ता)

मान्छेले जब आफ्नो मर्यादा बिर्सिन्छ, तब उसलाई कुनै लाज हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले विजयी भावमा हात हल्लाउँदै अभिवादन गर्नुले के संकेत गर्छ ?

भारतीय साहित्यकार प्रेमचन्दले भनेका छन्– मान्छेले जब आफ्नो मर्यादा बिर्सिन्छ, तब उसलाई कुनै लाज हुँदैन । जनयुद्ध लडेर आएका नेताले आफ्ना नागरिकलाई शरणार्थी बनाएर बेच्ने आपराधिक काममा केही सहजीकरण गरिदिएको हुँ भनेर स्विकारिसकेको अवस्थामा प्रहरी हिरासतबाट हात हल्लाउँदै अभिवादन गर्नु भनेको मलाई कसले के गर्न सक्छ र भनेर लोकतन्त्र र न्यायालयलाई ठाडो चुनौती दिनु हो ।

कांग्रेसले यसै प्रकरणमा पक्राउ परेका आफ्ना नेतालाई निलम्बनसम्म किन गर्न नसकेको होला ?

यसमा कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीको प्रभाव परेको छ । आरोप लागेर पक्राउ नै परिसकेपछि छानबिन टुंगोमा नपुगुन्जेल पक्राउ परेका नेता स्वयं पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने थियो । त्यति हुन नसकेपछि पार्टीले पनि निलम्बन गर्न सक्नुपर्ने थियो । उता आफ्नो नाम पनि यस प्रकरणमा आइसकेपछि त्यो टुंगोमा नपुगुन्जेल अख्तियार प्रमुखले पनि जिम्मेवारीबाट अलग हुने नैतिकता देखाउन सक्नुपथ्र्यो ।

यस प्रकरणले नेपाली राजनीतिलाई थोरै नै भए पनि सच्याउन सक्ने सम्भावना कति छ ?

यस प्रकरणमा मात्र होइन, विगतका वाइडबडी, यती, ओम्नीलगायत काण्डको निष्पक्ष छानबिन गरी तिनले किनारा पाए भने राजनीतिक नेताहरूमा डर पैदा हुन्छ । र, राजनीति शुद्धीकरणको बाटोमा जान सक्छ । अन्यथा, मलाई कसले के नै गर्न सक्छ र भन्ने दण्डहीनताले थप प्रश्रय पाउन सक्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार