श्रावण ४, २०८२ आइतबार July 20, 2025

मोटोरोलाको नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक हुँदै

फोनको मूल्य १००० डलर (१ लाख ३१ हजार रुपैयाँ) बढी पर्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फोल्डेबल फोनको बजारमा अग्रणी कम्पनीको रुपमा परिचित मोटोरोलाको नयाँ फोल्डेबल स्मार्टफोन छिट्टै नै सार्वजनिक हुँदैछ । त्यो भन्दा अगाडि फोनका केही आधिकारिक जानकारीहरू बाहिरिएको छन् ।

स्मार्टफोनहरूको विषयमा भित्री जानकारी बाहिर ल्याउने ‘ईभीलिक’ (@evleaks) ले ट्वीटरमा एउटा भिडिओ शेयर गरेको छ । उक्त भिडिओमा मोटोरोलाको सार्वजनिक हुने तयारीमा रहेको ‘मोटोरोला रेजर फोर्टी अल्ट्रा’ (Motorola Razr 40 Ultra) फोल्डेबल फोनको डिजाइन देख्न सकिन्छ ।

यो भिडिओ आधिकारिक रुपमा सार्वजनिक हुने भिडिओ हो । उनको ट्वीटका अनुसार यो मोबाइलको नाम विश्वबजारमा मोटोरोला रेजर फोर्टी अल्ट्रा हुनेछ भने अमेरिकी बजारका लागि भने यो फोन ‘मोटोरोला रेजर प्लस’ को नामले सार्वजनिक हुनेछ ।

यो फो​नको सबैभन्दा ठूलो विशेषता भनेको नै यसको बाहिरको स्क्रिन हो । अन्य फोल्डेबल फोनहरूमा जस्तो यसको बाहिरको स्क्रिन सानो छैन । कम्पनीले यो फोनमा बाहिरको लागि पनि फूल स्क्रिन राखेको छ । यो फोनको बाहिरको स्क्रिन क्यामेराका लागि मात्र नभइ अन्य विभिन्न गतिविधिहरू जस्तै नोटिफिकेसन, मेसेज पठाउन, गेम खेल्न लगायतका कामका लागि पनि प्रयोग हुने भिडिओमा देखाइएको

Motorola Razr 40 Ultra Official Press Images Leaked Ahead of Launch; Design  and Colour Options Revealed - MySmartPrice

फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ चिप प्रयोग गरिएको छ भने यो फोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । फोनमा ३३ वाटको चार्जिङ सपोर्ट सहितको ३,६४० एमएएच ब्याट्री दिइएको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सोनीको आईएमएक्स५६३ क्यामेरा प्रयोग गरिएको छ ।

हालसम्म बाहिएको जानकारी अनुसार यो फोनको मूल्य १००० डलर (१ लाख ३१ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । साथै भिडिओका अनुसार यो फोन रातो, ग्रे र कालो रंगमा उपलब्ध हुनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार