कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, महेशप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्रालय, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुसवाहा मन्त्री विनाविभागीय, सरिताकुमारी साह मन्त्री विनाविभागीय, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, सुनिता यादवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै शेख अबुल कलाम आजाद र सञ्जयकुमार यादवलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा र रहबर अन्सारीलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रीय सत्ता गठबन्धनका सबै दलहरूसँग छलफल जारी रहेकाले नमिलेका कुराहरू मिलाएर एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताउनुभयो ।

शपथग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार हाल कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विनाविभागीय मन्त्रीहरूको जिम्मेवारीका विषयमा सबै दलसँगको छलफलपछि टुङ्गोमा पुगिने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार