वैशाख २४, २०८१ सोमबार May 6, 2024

नेकपा एसका अध्यक्ष नेपाल आजै न्यूजील्याण्ड जानुहुने

न्यूजील्याण्ड सरकारका प्रतिनिधि, प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने छ ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार
इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो
२०८१ वैशाख २४, सोमबार
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक
२०८१ वैशाख २३, आइतबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार