असार २०, २०८२ शुक्रबार July 4, 2025

लुकिछिपी भारतबाट आएका एकै गाउँका १० जनामा कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः झापामा थप नौजना कोरोना संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका थप नौजना युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबैजना कचनकवलस्थित एकै टोलका हुन् । उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ ।

पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमबार कोरोना देखिएको थियो । नयाँ थपसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । यसअघि संक्रमित बाह्रदशी र दमकका दुईजना उपचारपछि घर फर्किसकेका छन् । ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो ।

रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए । संक्रमित समूहमा आएका एकजनामा भने कोरोना संक्रमण देखिएको छैन । मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्र्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।

भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय गर्ने बताए । ‘हामी १ देखि ५ नम्बर वडा मात्र सिल गरौँ भन्ने पक्षमा छौँ । तर, गाउँपालिकाका अध्यक्षज्यूहरू सातवटै वडा सिल गरौँ भन्नुहुन्छ,’ उनले भने, ‘सम्भवतः सबै वडा सिल गरिन्छ ।’

वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित १० सहित ३३ जना पथरिया माविको क्वारेन्टाइनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टाइनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए । जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । ‘एउटा कोठामा नअटेपछि दुईजनालाई अरू सातजना भएको कोठामा राखेका थियौँ,’ उनले भने, ‘जोखिम एकदमै छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ ।’

संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालयसमेत एउटै रहेको उनले बताए । ‘जम्मा दुईवटा शौचालय थियो,’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको उनले बताए । ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती छ । केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सीमावर्ती क्षेत्रका स्थानीय तह खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान छन् । ‘कि त सबै मानिस ल्याएर प्रदेश र केन्द्र सरकारले क्वारेन्टाइनमा राख्नुपर्‍यो,’ वडाध्यक्ष राजवंशीले भने । नयाँपत्रिका दैनिक ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार