कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रपति पौडेलद्वारा ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)

इजिप्टका राजदूत सुशीलकुमार लम्साललाई  अल्जेरियाको गैरआवासीय राजदूतको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रनाई दारुसलाम, ब्राजिल राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधारलाई काजखस्तान, डेनमार्कका राजदूत प्रा. डा. राम स्वार्थ रायलाई लिथुआनिया र इजिप्टका राजदूत सुशीलकुमार लम्साललाई  अल्जेरियाको गैरआवासीय राजदूतको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया