कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उच्च अदालत बार नेपालगन्जमा चित्रबहादुर शाहीको प्यानलै विजयी

उपाध्यक्षमा तीर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उच्च अदालत बार एसोसिएसन नेपालगन्जको अध्यक्षमा चित्रबहादुर शाही विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षसहित प्यानलै विजयी भएको हो ।

शाहीले एक सय ५४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर केसीले २८ तथा स्वतन्त्र उम्मेदवार भुवनकृष्ण श्रेष्ठले चार मत पाए । उपाध्यक्षमा तीर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा विजयी भएका छन्।

सदस्यहरूमा जयराम थारु, सतिषचन्द्र थारु, रिजवान अहमद मिर्जा, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, हरिशचन्द्र सिजापति, वीरेन्द्रकुमार बस्नेत र जयराज जैसी निर्वाचित भएका  छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया