असार ६, २०८३ शनिबार June 20, 2026

एमालेमा सरकार बदल्ने रुचि छैन : एमाले उपमहासचिव प्रदीप ज्ञवाली (अन्तवार्ता)

बाहिरिएका साथीहरूलाई समेट्न हामीले उमेर हदको प्रावधान हटाउने प्रस्ताव गरेका हौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमालेमा एक्कासि नेताहरूको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था किन आइपर्‍यो ?

विगतमा महाधिवेशनबाट कार्यविभाजन भइसकेपछि त्यो अर्को महाधिवेशसम्मै कायम रहन्थ्यो । यसले लामो समयसम्म एउटै जिम्मेवारी र कार्यक्षेत्रमा रहँदा नेताहरूको क्षमता र विज्ञताको विविधीकरणलाई साँघुरो बनाएको महसुस हुन्थ्यो । एकै ठाउँमा र एउटै जिम्मेवारीमा रहँदा कहिलेकाहीँ स्वार्थ बाझ्ने र आन्तरिक असमझदारी हुन सक्ने पनि देखियो । त्यसैले, नेताहरूको सोचाइ, क्षमता र विज्ञतालाई फराकिलो बनाउन एक वर्षका लागि जिम्मेवारी हेरफेर गरिएको हो ।

पार्टीमा ७० वर्षे प्रावधान पनि हटाउनुभयो । यसको आवश्यकता किन पर्‍यो ?

हामीले यो प्रावधान हटाउने प्रस्ताव गरेका हौँ, हटाइसकिएको होइन । पार्टीमा हाल क्रियाशील कुनै नेतालाई हेरेर प्रस्ताव गरिएको होइन । विगतमा पार्टी विभाजित भयो । लामो समयसम्म एमालेमा रहनुभएका साथीहरू बाहिरिनुभयो । उहाँहरू अहिले पुनः एमालेमै फर्किन चाहनुहुन्छ । तर, उहाँहरूको उमेर र पार्टी विधानको प्रावधानका कारण पार्टीमा सक्रिय रूपमा काम गर्न सम्भव देखिएन । उहाँहरूलाई सल्लाहकारमा मात्र सीमित गर्न पनि मिलेन । त्यसैले, बाहिरिएका साथीहरूलाई समेट्न हामीले उमेर हदको प्रावधान हटाउने प्रस्ताव गरेका हौँ ।

एमालेले सडक र सदन दुवैतिरबाट सरकारलाई दबाब दिन खोजेको हो कि ?

एमालेमा सरकार बदल्ने रुचि छैन । हाम्रो समाज नजानिँदो गरी अराजकतातर्फ गइरहेको देखिन्छ । यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा लोकतन्त्रको रक्षा तथा देश र जनताको शान्ति, अमनचैन र समृद्धिका लागि मात्र हामी क्रियाशील रहन्छौँ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार