असोज २२, २०८३ बिहिबार October 8, 2026

पुरानो फोनसँग साओमी, रेड्मी वा पोकोको नयाँ फोन साट्न मिल्ने

साओमीको ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । आफूले हाल चलाउँदै गरेको कुनै पनि ब्रान्डको स्मार्टफोन नयाँ साओमी, रेड्मी वा पोको फोनसँग साट्न सकिने गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।

साथै ग्राहकहरूले रेड्मी १२ फाइभजी खरिद गर्न चाहेमा थप एक हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएकाे छ । साओमीले आफ्नो ग्राहक आधार विस्तार गर्ने लक्ष्यका साथ यो अफर ल्याएको हो ।

नयाँ फोनसँग आफ्नो पुरानो स्मार्टफोन साट्न सकिने अवसरले ‘विद्युतीय फाेहर’ घटाउने र दिगोपन प्रवर्द्धन हुने कम्पनीको विश्वास छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले एक्सचेन्ज अफरमार्फत ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा आफ्ना स्मार्टफोन उपलब्ध गराउन पाउँदा उत्साहित रहेको बताए ।

कम्पनीका अनुसार साओमीका कुनै पनि आधिकारिक रिटेल स्टोरमा गएर ट्रेड–इन प्रक्रिया सुरु गरी सहजै एक्सचेन्ज अफरमा सहभागी हुन सकिनेछ ।

यसबाहेक ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट पनि आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गराउन सक्नेछन् ।

नयाँ साओमी, रेड्मी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने ग्राहकका लागि यो अफर अझै आकर्षक बन्ने अपेक्षा गरिएको छ।

साओमीको एक्सचेन्ज अफर जुन २ देखि देशभर लागू भएको बताइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज २२, बिहिबार
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार