श्रावण ४, २०८२ आइतबार July 20, 2025

पुरानो फोनसँग साओमी, रेड्मी वा पोकोको नयाँ फोन साट्न मिल्ने

साओमीको ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । आफूले हाल चलाउँदै गरेको कुनै पनि ब्रान्डको स्मार्टफोन नयाँ साओमी, रेड्मी वा पोको फोनसँग साट्न सकिने गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।

साथै ग्राहकहरूले रेड्मी १२ फाइभजी खरिद गर्न चाहेमा थप एक हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएकाे छ । साओमीले आफ्नो ग्राहक आधार विस्तार गर्ने लक्ष्यका साथ यो अफर ल्याएको हो ।

नयाँ फोनसँग आफ्नो पुरानो स्मार्टफोन साट्न सकिने अवसरले ‘विद्युतीय फाेहर’ घटाउने र दिगोपन प्रवर्द्धन हुने कम्पनीको विश्वास छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले एक्सचेन्ज अफरमार्फत ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा आफ्ना स्मार्टफोन उपलब्ध गराउन पाउँदा उत्साहित रहेको बताए ।

कम्पनीका अनुसार साओमीका कुनै पनि आधिकारिक रिटेल स्टोरमा गएर ट्रेड–इन प्रक्रिया सुरु गरी सहजै एक्सचेन्ज अफरमा सहभागी हुन सकिनेछ ।

यसबाहेक ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट पनि आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गराउन सक्नेछन् ।

नयाँ साओमी, रेड्मी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने ग्राहकका लागि यो अफर अझै आकर्षक बन्ने अपेक्षा गरिएको छ।

साओमीको एक्सचेन्ज अफर जुन २ देखि देशभर लागू भएको बताइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार