कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान ?

सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।

सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’

सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।

सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार